8 months ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर रसिला महर्जन र ले भोजपुरकी नङसल तामाङ लि निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको महिला एकल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
पुरुषतर्फ एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुन एक पटक उपाधिका लागि भिड्ने छन् ।
पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रिन्सले प्रफुललाई हराएका थिए । प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा भने प्रफुल संग पराजित भएका थिए ।
त्यस यता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस् हवदले आयोजना गरेको प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रिन्सले प्रफुललाई पराजित गरेका थिए ।
शुक्रबार भएको शिर्ष ८ पुरुष एकल सेमिफाइनलमा प्रिन्सले एपिएफकै देवराज रानालाई २१–७, २–१२ ले हराएका थिए । प्रफुलले पुलिसका सुनिल जोशीलाई २१–१४, २१–१३ ले पराजित गरेका थिए ।
नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा जारी प्रतियोगितामा महिला एकलमा रसिलाले पुलिसकी निता लम्साल २१–१६, २१–१६ लाई पराजित गर्दै फाईनल पुगेकी थिइन् ।
११ औं र १२ औं संस्करणकी विजेता नङसलले त्रिभुवन आर्मी क्लबकी अनुमाया राईलाई २१–१४, २४–२२ ले हराउँदै जित रसिला संगको भेट पक्का गरेकी हुन् ।
यसैगरि मास्टर्स ४५ बर्ष माथिको युगल प्रतिस्पर्धामा रिभाईभका शुक्र पाख्रिन र भिम बहादुर थापाको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थामसुहाङ्गको जोडी उपाधिका लागि भिड्ने भएका छन् ।
शुक्र र भिमको जोडीले ललितपुरका मधु गुरुङ्ग र प्रकाश राईको जोडीलाई १०–२१, २१–१६, २१–१८ ले तथा संजय र अनिलको जोडीले पाँचथरका दीपक आङ्गदम्बे र कुश्माका प्रेम गुरुङ्गको जोडीलाई २२–२०, २१–८ ले पराजित गर्दै फाइनल पुगेको थियो ।
मास्टर्स ५५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका गणेश राई र कर्ण बहादुर शाहीको जोडीले फिटनेश पार्कका पुर्ण जोशी र उमेश के.सी.को जोडीलाई २१–१९, २६–२४ ले पराजित गर्दै उपाधि
का लागि गुल्मीका राम गुरुङ्ग र खगेन्द्र रेग्मीको जोडी संगको भेट पक्का गरेका छन् ।
राम र खगेन्द्रको जोडीले ललितपुरका दिल कन्दङ्गवा र एपिएफका प्रेम श्रेष्ठको जोडीलाई २०–२२, २१–१८, २१–७ ले पराजित गर्दै फाइनल पुगेको थियो।
खेलाडीका लागि बिमा
राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले पहिलो पटक खेलाडीहरुका लागि बिमाको ब्यवस्था गरेको छ ।
संघले लिनिङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरुका लागि ५ लाख बराबरको दुर्घटना बिमा गरेको संघका सचिव पूर्णभक्त चित्रकारले जानकारी गराएका छन् ।
चित्रकारका अनुसार प्रतियोगिताका दौरान हुने दुर्घटनालाई मध्यनजार राख्दै खेलाडीहरुको दुर्घटना भएको खण्डमा उपचारका लागि खेलाडीहरुले उक्त बिमा उपयोगमा ल्याउन सक्ने छन् । प्रतियोगितामा कुल २ सय ७४ खेलाडीको सहभागिता छ ।
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]
October 7, 2024
दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]