1 year ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रिया राई र करण रावलले
सिन्धुपाल्चोकको दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि जितेका छन्।
निर्धारित २४.५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट ५० सेकेन्डमा पूरा गर्दै खोटाङकी प्रियाले उपाधि जितेकी हुन्।
गत वर्ष पनि प्रियाले नै उपाधि जितेकी थिइन्।
२ घन्टा १३ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै करणले उपाधि जितेका हुन्।
महिलातर्फका धादिङकी रसिला तामाङ (३ घन्टा २ मिनेट ४० सेकेन्ड) दोस्रो, प्युठानकी हुमि बुढा मगर (३ घन्टा २ मिनेट ४२ सेकेन्ड) तेस्रो भएकी थिइन्।
पुरुषमा गोपाल तामाङ (२घन्टा १५ मिनेट ४१ सेकेन्ड) दोस्रो र वेद सुनुवार ( २ घन्टा १८ मिनेट ५ सेकेन्ड) तेस्रो भएका छन्।
रेस भोटेकोशी गाउँपालिका र नेपाली सेनाको इन्द्रध्वज गणले संयुक्त रुपमा आयोजना भएको थियो।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]