default_image

1 year ago

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

458 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो ।

पुरुषतर्फ कास्की जिल्ला अन्तर पालिका वडा स्तरीय पुरुष भलिबल, क्लब स्तरीय महिला भलिबल र प्रौढ भलिबल हुनेछ । पुरुषतर्फको विजेताले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो हुनेले ६० हजार र सान्त्वना हुनेले समान १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । महिलातर्फको विजेताले ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार प्राीत गर्नेछ ।

पुरुषतर्फ विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकलाई तथा महिलामा सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षक छनोट गरिनेछ । प्रौढको विजेताले खसी र उपविजेताले बोका जित्नेछ ।

प्रतियोगितामा सहभागिताको लागि फागुन २८ सम्म दर्ता समय तोकिएको छ । सोही दिन नै टाइसिट निकालिने आयोजकले जनाएको छ । पुरुषतर्फ सहभागिताको लागि ५ हजार ५ सय र महिलामा ३ हजार रुपैयाँ दर्ता शुल्का तोकिएको छ ।

यसबाहेक धम्पुस महोत्सवमा सामुहिक महिला नृत्य प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र छेलो प्रतियोगिता पनि हुनेछ । नृत्यको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

विजेताले १५ र उपविजेताले १० हजार रुपैयाँ पाउनेछ । छेलोको विजेताले ५ हजार र दोस्रोले ३ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.