default_image

1 year ago

February 17, 2024

सन्तोषको स्मृतिमा जिल्लास्तरीय भलिबल हुने

1581 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश तथा स्याङ्जा जिल्लाका महत्वपूर्ण भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा मगरको स्मृतिमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

दोस्रो चापाकोट महोत्सव अन्तरगत फागुन ८ देखि १३ गतेसम्म स्व. सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको राजन दर्लामी मगरले जानकारी गराए ।

प्रतियोगिता चापाकोट नगरपालिका वडा नम्वर ९ मा रहेको गंगालाल माविको खेलमैदान सुन्तलीटार स्याङ्जामा हुनेछ । चापाकोट महोत्सव फागुन ३ गतेबाट शुरु भइसकेको छ । महोत्सवको अन्तिम दिन नै प्रतियोगिताको फाइनल हुनेछ ।

प्रतियोगितामा सहभागिताको लागि शुल्क लाग्ने छैन । खेलाडीलाई खाना र बस्नको लागि व्यवस्था गरिएको छ । प्रतियोगितामा स्याङ्जा, बागलुङ, नवलपुर, पर्वत, तनहुँ, म्याग्दी, कास्की, गोरखा, पाल्पा, रुपन्देही र गुल्मी जिल्लाको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुनेलाई ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

सर्वाेत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछ । व्यक्तिगत विधाका स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिवेरो र प्रशिक्षकलाई जनही ३ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण प्रदान गरिनेछ ।

चापाकोट उद्योग वाणिज्य संघ आयोजक रहेको प्रतियोगितामा चापाकोट नगरपालिका संरक्षक रहेको छ । यस्तै नगर खेलकुद विकास समिति चापाकोटले व्यवस्थापन गरेको छ । गण्डकी प्रदेश भलिबल संघ र जिल्ला भलिबल संघ स्याङ्जाले समन्वय गरेको छ ।

अलराउन्डर २२ वर्षीय सन्तोषको गत कार्तिक २९ गते राति स्थानिय भलिबल प्रतियोगितामा भाग लिएर फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट र वडा नम्वर ८ दुर्दाङमा मोटरसाइकल दुर्घटनमा परेर निधन भएको थियो ।

पछिल्लो समय सन्तोष विभागीय नेपाल एपिएफ क्लबबाट खेल्दै आएका थिए । उनले एपिएफबाट एनभिए कप, लामाचौर र किङ्स कप खेलेका थिए । सन्तोषले गतवर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करणलगायत विभिन्न प्रतियोगिता गण्डकी प्रदेशबाट खेलेका थिए । सन्तोषका बुवा, आमा र श्रीमती छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.