1 year ago
February 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल युथ स्पोर्टस क्लब (एनवाइएससी) जापानको आयोजनामा प्रथम एनवाइएससी कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
क्लबका अध्यक्ष बसन्त थापाले एक दिने प्रतियोगिता मार्च १ तारिखमा टोकियोस्थित सिन्जुकुमा रहेको सिन्जुकु कस्मिक स्पोर्ट्स सेन्टरमा हुने जानकारी गराए । उनका अनुसार प्रतियोगितामा नेपाली समुदायका कम्तीमा १२ टोलीका सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागिताको लागि ४० हजार येन दर्ता शुल्क तोकिएको छ । विजेताले २ लाख ५५ हजार ५ सय ५५ येन नगदसहित कप, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।
दोस्रो हुनेले १ लाख ५५ हजार ५ सय ५५ येन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । सेमिफाइनलमा पराजित हुने टोलीलाई समान ५५ हजार ५ सय ५५ येनसहित प्रमाणपत्र प्रदान गरिने दीपक केसीले जानकारी गराए । यस्तै ७ विधाका ७ जनालाई ट्रफी र प्रमाणपत्र तथा अनुशाषित टोलीलाई पनि ट्रफीले सम्मान गरिने क्लबले जनाएको छ ।
‘खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो’ भन्ने मुल भावका साथ सन् २०१८ मा स्थापना भएको यस क्लबले सुरुवातदेखि नै जापानमा हुने भलिबल प्रतियोगितामा सहभागिता जनाइरहेको र यसपल्ट आँफैले प्रतियोगिता गर्न लागेको हो ।
अध्यक्ष थापाले प्रतियोगिता आयोजना गर्नुको लक्ष्य नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटनापश्चात उपचार र दीर्घ रोगको उपचार गराईरहेका भलिबल खेलाडीहरूलाई उपचारमा सहयोग गर्ने रहेको बताए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।