1 year ago
February 7, 2024
हिमाल खरेल, बिर्तामोड
छैटौं संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।
गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर समेत भएको छ ।
यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौंमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गरे ।
कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो ।
प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]