8 years ago
January 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राईले एडभेन्चर अफ द इयर अवार्ड जितेकी छिन् । टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकले हरेक बर्ष दिने अवार्डको लागि मनोनयनमा परेका अन्य ९ जनालाई पछि पार्दै उनले अवार्ड जितेको ज्योग्राफिकको वेभसाइटमा उल्लेख छ ।
अवार्डको मनोनयन नेसनल ज्योग्राफिकले कात्र्तिकमा सार्वजनिक गरेको थियो । मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनोट गर्छ । मनोनयन परेका लागि नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत भोटिङको व्यवस्था गरिएको थियो । सर्वाधिक भोट प्राप्त गर्ने उक्त अवार्डको विजेता बन्ने प्रावधान छ । २०१६ को नोभेम्बर ३ देखि सुरु भएको भोटिङ डिसेम्बर १६ सम्म चलेको थियो । गत बर्ष फ्रान्समा म्याराथन डु मोन्ट ब्लान्स नामक ८० किलोमिटर दौडमा उपाधि जितेपछि उनी चर्चामा आएकी थिइन् । उनले त्यो दौड १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।
भोजपुरमा जन्मिएकी २९ बर्षे मिरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । सेना समायोजनमा आयोग्य ठहरिएकी उनीले अल्ट्रा दौड सुरु गरेको केही महिनामै सफलता प्राप्त गरेकी थिइन् । घुडाँको शल्यक्रियापछि उनले पछिल्लो समय कुनै प्रतियोगितामा भाग लिएकी छैनन् । मीरासँगै केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टोलीमा परेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]