default_image

7 months ago

February 4, 2024

धनगढीको ग्रासरुट क्रिकेट प्रशिक्षकमा झा र क्षेत्री नियुक्त

87 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा सञ्चालन भईरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई जना प्रशिक्षक नियुक्त भएका छन् ।

गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।

गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतबार दुबै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे । गो ड्रिमर्सले उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा हाल ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दैछ । जसमध्ये धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडामा क्षेत्री र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारी झाले प्रशिक्षण गराउनेछन् ।

गो ड्रिमर्सका अध्यक्ष शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको यो कार्यक्रमका लागि योग्य प्रशिक्षक अनुबन्ध गर्न पाउँदा खुशी व्यक्त गर्दै दुबै जनालाई शुभकामना दिए ।

२०५९ सालदेखि नै क्रिकेट खेल्न थालेका झाले सुदूरपश्चिममा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आफ्नो खेलाडी करिअर अघि बढाएका थिए । त्यसपछि उनले प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

स्कुल लेभलबाट क्रिकेट सुरु गरेका क्षेत्रीले यू १९ देखि राष्ट्रिय प्रतियोगितामाहरुमा खेलिसकेका छन् । खेलजीवन पछि उनले २०७२ सालदेखि प्रशिक्षण थालेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

दुबै प्रशिक्षण केन्द्रमा लगत्तै प्रशिक्षण सुरु हुने अध्यक्ष शाहीले जनाए । केन्द्र आपपासका क्रिकेट प्रशिक्षण लिन चाहाने इच्छुक खेलाडीहरुलाई विद्यालयमा सम्पर्क राख्न समेत गो ड्रिमर्सले अनुरोध गरेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

Success

Thank you for your time.