1 year ago
February 3, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका स्पाइकर विजय थापा तेस्रो संस्करणको मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
एपिएफलाई च्याम्पियन बनाउन विजयले प्रतियोगिताभर नै सानदार प्रदर्शन गरेका थिए । उनकै उच्च प्रदर्शनमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । सर्वाेत्कृष्ट बनेसँगै विजयले २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
सुदुर पश्चिम प्रदेशका अर्जुन नेपाली प्रतियोगिताको उदियन खेलाडी घोषित भएका छन् । १७ वर्षीय अर्जुन नेपालले यसै वर्ष बंगलादेशमा भएको यु–२३ पुरुष भलिबलका लागि भएको बन्द प्रशिक्षणमा समेटिएका थिए । उनले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारे ।
गण्डकीका रवि केसी स्पाइकर, एपिएफका हेमन्त मल्ल सर्भर, पुलिसका इम बहादुर राना सेटर, एपिएफका विनोद चन्द लिवेरो, गण्डकीका इन्द्र बहादुर विक ब्लकर र एपिएफका पुष्प मल्ल उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको फाइनलमा गण्डकी प्रदेशको पुरुष भलिबल टोलीमाथि ३–१ को सेटमा जित हात पार्दै नेपाल एपिएफ क्लबले उपाधि जित्न सफल भएको छ । एपिएफले गण्डकीलाई २१–२५, २५–१६, ३०–२८ र २५–२१ को सेटमा हरायो ।
वर्ष २०८० मा एपिएफको यो तेस्रो उपाधि हो । यसअघि एपिएफले काठमाडौंमा भएको प्रथम पोष्ट बहादुर कप र हेटौंडामा भएको केशल स्मृति खुल्ला पुरुष भलिबलमा च्याम्पियन बनेको थियो । यता गण्डकी भने चौथो उपाधि जित्नबाट वञ्चित रह्यो । गण्डकीले मुख्यमन्त्री प्रदेशस्तरीय, लामाचौर कप र विरजङ स्मृतिको उपाधि जितेको थियो ।
पुलिसले आर्मीलाई ३–१ को सेटमा हराएर तेस्रो स्थान हासिल गर्यो । उपाधिसँगै एपिएफले ४ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गण्डकीले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तेस्रो भएको पुलिसले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । चौथो भएको आर्मीले ५० हजार रुपैयाँ पाएको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको सर्वाेत्कृष्टहरु
सर्वाेत्कृष्ट – विजय थापा (एपिएफ)
उदियमान – अर्जुन नेपाली (सुदूरपश्चिम)
स्पाइकर – रवि केसी (गण्डकी)
सर्भर – हेमन्त मल्ल (एपिएफ)
सेटर – इम बहादुर राना (पुलिस)
लिवेरो – विनोद चन्द (एपिएफ)
ब्लकर – इन्द्र बहादुर विक (गण्डकी)
प्रशिक्षक – पुष्प मल्ल (एपिएफ)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।