1 year ago
February 2, 2024
महेन्द्रनगर (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपिएफले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२०, १४–२५, २८–३०, २५–१४ र १५–१३ को सेटमा पराजित गर्यो ।
अब एपिएफले उपाधिका लागि शनिबार गण्डकी प्रदेशसँग खेल्नेछ । आर्मीले तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
यसअघि शुक्रबारै भएको पहिलो सेमिफाइनलमा गण्डकीले पुलिसमाथि २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।