8 years ago
January 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय दबदबालाई पार गर्दै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
विहिबार भएको खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाउदै तेस्रो स्थान हासिल गर्न सफल भयो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भएको तेस्रो स्थानको खेलमा सुरुवाती पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चलले एपीएफमाथी दबाब सिर्जना ग¥यो ।
त्यस्तै एपीएफले निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २५–२२ ले जित दर्ता गरेपछि सेटमा १–१ को बराबरी ग¥यो । पश्चिमाञ्चल लयमा फर्कदै तेस्रो सेट २५–१७ ले आफ्नो बनाएपछि सेटमा २–१ अग्रता लियो । निकै रोमाञ्चक रहेको चौथो सेटमा एपीएफले २९–२७ ले जित हात पारेपछि खेल पाँचौँ सेटतर्फ धकेलिएको थियो । यद्यपी निर्णायक सेटमा पश्चिमाञ्चलले १५–१३ ले बाजी मार्दै तेस्रो स्थान हात पा¥यो ।
प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिसले शुक्रबार प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले नगद.३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचले पनि १०÷१० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]