1 year ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला अदालत काठमाडौंले युवती बलात्कार मुद्दामा नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको छ ।
दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । आज सन्दीपलाई ८ वर्ष जेल तथा जरिवाना र क्षतिपुर्ती गरि ५ लाख रुपैयाँ जिल्ला अदालत काठमाडौंंले सजाय सुनाएको छ ।
सन्दीपलाई ३ लाख जरिवाना र २ लाख युवतीलाई आर्थिक क्षतिपुर्ती तोकिएकोछ । गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।
भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।
सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
गत फागुन देखी सन्दीपले नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका थिए । उनीको जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेशी चल्दै आएको थियो । पेशी लगातार सर्दै आएको थियो ।
सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए ।
नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका पछिल्ला १२ खेल मध्य ११ खेल जित्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण थियो ।
नेपालको ओडिआई मान्यता निरन्तरता दिन, नेपाललाई एसिया कपमा पुर्याउन र टि२० विश्वकपमा पुर्याउन सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
विदेश भ्रमणमा भने पेसीको कारण केहि झन्झटमा पर्दै आएका थिए । सन्दीप अब निर्दोष साबित नहुन सम्म नेपाली क्रिकेट टोलीबाट पनि खेल्न नपाउने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई बताई सकेका छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]