default_image

1 year ago

January 8, 2024

गण्डकीलाई हराउँदै आर्मी सेमिफाइनलमा

5795 views

0 Bookmark

सुर्खेत हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब एक खेल बाँकी छँदै ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार तीन जित निकाल्दै आर्मी समूह ‘बी’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो । अब आर्मीले मंगलबार मधेश प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । गण्डकीले पनि कर्णाली प्रदेशलाई पराजित गरेमा समूह उपविजेता बनेर सेमिफाइनलमा पुग्नेछ ।

कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा सोमबार भएको खेलमा आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी हुन सफल भयो ।

आर्मीले सुरुवातमा सेट प्वाइन्ट नजिक पुगेपनि गण्डकीले सानदार प्रदर्शन गर्दै तीनपल्ट सेट प्वइन्टनजिक पुगेको थियो । त्यसपछि आर्मीले सुधारिएको प्रदर्शन गर्दै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेटमा स्पाइकर किरण गुरौं घाइते भएपछि गण्डकीको प्रदर्शन सोही अनुरुप हुन नसक्दा पराजित हुन पुग्यो । दोस्रो सेटमा २५–२१ को जित दर्ता गरेको आर्मीले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।

यस जितले अपराजित रहेको आर्मीको तीन खेलबाट ९ अंक पुगेको छ । पहिलो हार बेहोरेको गण्डकीको ३ खेलबाट ६ अंक छ ।

समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुस २६ सम्म सुर्खेतमा चल्नेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.