1 year ago
January 6, 2024
सुर्खेत हाम्रो खेलकुद) – गण्डकी प्रदेश र कोशी प्रदेशले सुर्खेतमा जारी ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा जित निकालेको छ । गण्डकीले विजयी सुरुवात गर्दा कोशीले दोस्रो खेल खेल्दा पहिलो जित हात पारेको हो ।
कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा शनिबार भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको हो ।
गण्डकीले सुदुरमाथि जित निकाल्न संघर्ष गर्नुपरेको थियो । पहिलो र दोस्रो सेट क्रमश २५–२० र २५–१८ ले सहजै जितेको गण्डकीले तेस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । तर प्रतिस्पर्धात्मक चौथो सेटमा २५–२२ ले जित्दै गण्डकीले ३ अंक बटुल्न सफल भयो ।
यस जितले समूह ‘बी’ मा गण्डकीले ३ अंक जोडेको छ । पराजित सुदुरको दुई खेलबाट १ अंक छ । यो समूहमा आर्मी र कर्णालीको ३ अंक छ । मधेश प्रदेशको २ अंक छ ।
शनिबारकै अर्काे खेलमा कोशी प्रदेशले बागमती प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भयो ।
शुक्रबार एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको कोशीले शनिबार बागमतीमाथि २५–१६, २५–१९ र २५–२२ को सहज जित निकाल्न सफल भयो । यस जितले कोशीको दुई खेलबाट ३ अंक पुगेको छ । यो समूहमा एपिएफ, पुलिस र लुम्बिनीको समान ३ अंक छ । बागमती अंकबिहीन छ ।
शनिबारकै खेलमा कर्णालीले मधेशलाई २५–२०, २५–२१ र २५–१७ ले पराजित गरेको छ । यस्तै पुलिसले लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुस २६ सम्म सुर्खेतमा चल्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।