default_image

1 year ago

January 1, 2024

पुलिसलाई हराउँदै आर्मी बुकी कप भलिबल च्याम्पियन

3566 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । त्यसपछि आर्मीले दुवै सेट २२–२५ र २१–२५ ले गुमाउन पुग्यो ।

चौथो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २७–२५ को पुनरागमन जित निकाल्दै खेललाई पाँचौ सेटमा लम्ब्याए । आर्मी २२–२४ ले पछि रहेपनि त्यसपछि लगातार दुई अंक जोड्दै खेललाई २४–२४ को बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि एक अंक जोड्दै पुलिस च्याम्पियन नजिक पुगेपनि आर्मीले लगातार तीन अंक जोड्दै खेल आफ्नो पक्षमा पार्यो ।

चौथो सेटमै जित नजिक पुगेपनि सेट गुमाएको पुलिसले पाँचौ सेटमा भने फितलो प्रदर्शन गर्यो । अर्काेतर्फ आर्मीले उच्च मनोबलका साथ खेल्दै सेटलाई आफ्नो पक्षमा पार्न सफल भयो ।

पाँचौं सेटमा ४–४ को बराबरीबाट लगातार ४ अंक जोड्दै आर्मीले ८–४ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि ११–६ को स्थितिबाट आर्मीले लगातार ५ अंक जोड्दै आर्मी च्याम्पियन बन्न सफल भयो । यससँगै आर्मीले लिग चरणमा भोगेको हारको बदला लिन सफल भएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै एपिएफ क्लब तेस्रो भएको छ । उपाधिसँगै आर्मीले ५ लाख,पुलिसले २ लाख ५० हजार र एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिको आयोजनामा पुस ८ गते सुरु भएको प्रतियोगितामा तीन विभागसँगै गण्डकी प्रदेश र गल्कोट नगरपालिकाको सहभागिता थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.