1 year ago
January 1, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर निरुता ठगुन्ना केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले उच्च प्रदर्शन गरेकी थिइन् । निरुता हङकङमा भएको दुई छुट्टै भलिबल प्रतियोगितामा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिइन् ।
सर्वाेत्कृष्ट बनेसँगै निरुताले १५ हजार रुपैयाँसँगै मायाको चिनो हात पारेको छ । न्यू डायमण्ड युथ स्पोर्टस् क्लबकी जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर, डायमण्डकै प्रगति नाथ सेटर, सलिना श्रेष्ठ लिवेरो र सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर घोषित भए ।एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर तथा एपिएफकै विजय केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।
सोमबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले हराउँदै एपिएफले च्याम्पियन बनेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७ र २५–२३ को सेटमा हरायो ।
उपाधिसहित एपिएफले २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले पुरस्कृत गरिन् । प्रतियोगितामा ३ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ, न्यु डायमण्ड र घरेलु टोली छहारी युवा क्लब गरि ५ टोलीको सहभागिता थियो ।
खेलकुद तथा व्यापार महोत्सवमा भलिबल प्रतियोगिता आयोजना भएको हो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उत्कृष्टहरु
सर्वाेत्कृष्ट – निरुता ठगुन्ना (एपिएफ)
स्पाइकर – जेनिशा विश्वकर्मा (न्यु डायमण्ड)
सेटर – प्रगति नाथ (न्यु डायमण्ड)
ब्लकर – सुमित्रा रेग्मी (न्यु डायमण्ड)
सर्भर – सरस्वती चौधरी (एपिएफ)
लिवेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
प्रशिक्षक – विजय केसी (एपिएफ)
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]