default_image

1 year ago

January 1, 2024

आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि

3284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ ।

युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो ।

घरेलु भलिबलका चर्चित रवि केसी, सुजन चोखाल, राजन दर्लामी मगर, बिष्णु बस्नेत, इन्द्र बिक जीवन सुनारसम्मिलित प्रदेशीले मिलन चन्द ठकुरी, प्रेम कुमाल र विशाल ठकुरीसम्मिलित तनहुँमाथि २५–१६ र २५–१८ को सोझो सेटमा जित निकाल्न सफल भयो ।

सन्जु विक्रम शाह, रेशम छन्त्याल र हेमन्त बहादुर मल्लसम्मिलित पाल्पा सेवा समाजले आयोजक ‘बी’ लाई २–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

विजेता प्रदेशीले ८ हजार ८ सय ४८ दिरामसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको तनहुँले ५ हजार ५ सय ५५ दिराम, कप, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ ।

तेस्रो भएको पाल्पाले ३ हजार ३ सय ३३ दिराम तथा चौथो भएको आयोजक ‘बी’ ले २ हजार २ सय २२ दिराम, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

व्यक्तिगत विधामा पनि च्याम्पियन प्रदेशीले नै वर्चश्व जमाएको छ । प्रदेशीका रवि केसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २ सय दिरामसँगै ट्रफी र मेडल प्राप्त गरेको छ । प्रदेशीकै सुजन चोखाल उत्कृष्ट सेटर, इन्द्र बिक क्विकर, राजन दर्लामी मगर लिवेरो र मनु खड्का उत्कृष्ट प्रशिक्षक चुनिए ।

तनहुँका मिलन चन्द उत्कृष्ट स्पाइकर, पाल्पाका रेशम छन्त्याल उत्कृष्ट ब्लकर, पाल्पाकै हेमन्त मल्ल उत्कृष्ट सर्भर चुनिए । विधागतका उत्कृष्टले १ सय दिरामसँगै ट्रफी र मेडल प्राप्त गरेको छ ।

सोही अवसरमा एनआरएनए एसीसी युएईं र नेपाली समज युएईंबीच भएको मैत्रीपूर्ण खेलमा एनआरएनए एसीसी युएईं विजयी भएको छ । एक दिने प्रतियोगितामा युएईंमा रहेका नेपाली समुदायका विभिन्न २० टोलीको सहभागिता रहेको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.