1 year ago
January 1, 2024
लमजुङ (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वा राई र खोटाङकी प्रिया राईले राइनासकोट भर्टिकल दाैडको उपाधि जितेका छन् ।
खुल्ला पुरुषतर्फ राजनले १ घण्टा १ मिनेट १९ सेकेन्डमा दुरी पार गरि पहिलो भएका हुन् । १ घण्टा १ मिनेट २५ सेकेण्डमा दुरि पार गरि सोलुखुम्बुका अर्जुन राई दोस्रो भए । बझाङका करन रावलले १ घण्टा २ मिनेटमा दुरि पार गरि तेस्रो स्थान हासिल गरे ।
खुल्ला महिलातर्फको दौडमा १ घण्टा १७ मिनेटमा दुरि पार गरि खोटाङकी प्रिया राई पहिलो भइन् । १ घण्टा २७ मिनेटमा दुरि पार गरी सोलुखुम्बुकी नितु तामाङ दोस्रो तथा १ घण्टा ३१ मिनेटमा दुरि पार गरी ओखलढुंगाकी पदमकुमारी सुनुवार तेस्रो भइन् ।
पुरुष र महिला दुवै तर्फको विजेताले समान २५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएकाले १५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र तथा तेस्रो भएकाले समान १० हजार, मेडल, प्रमाण पत्र प्रदान गरिएको अल्ट्रा धाविका मिरा राईले जानकारी दिइन् । सहभागी सबैलाई प्रमाण पत्र र टिसर्ट प्रदान गरिएको थियो ।
इपिक हिमालय एडभेन्चर ट्रेक र विश्व प्रख्यात अल्ट्रा धाविका मिरा राईको संयुक्त आयोजनामा आइतबार लमजुङको राइनास नगरपालिका ९ को राइनासकोटमा भर्टिकल दौड प्रतियोगिता सञ्चालन भएको हो ।
तमु ल्होसारका अवसरमा सञ्चालित ‘दौड प्रतियोगिता’को राइनास नगरपालिकाका नगरपालिकाका मेयर खड्क बहादुर गुरुङले उद्घाटन गर्नुका साथै विजेताहरुलाई पुरस्कृत गरे । मेयर गुरुङले राइनासकोटमा सुरु भएको ग्रामीण पर्यटनको विकास, प्रचार प्रसार तथा महिला सशक्तिकरणका लागि थप टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
‘राइनासकोट भर्टिकल दौड’मा ८ बर्षदेखि ६५ बर्ष उमेर समुहका ६२ जना धावकहरुले सहभागिता जनाएको आयोजकले बताएको छ । राइनास नगरपालिका– ९ कुडुले निबासी ६५ बर्षीय नन्दबहादुर गुरुङ जेष्ठ धाबक रहेका थिए ।
दौड राइनास नगरपालिका– ८ मा रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धामबाट राइनासकोटसम्मको १७ सय ५० मिटरको १० किलोमिटर दुरीको उकालो र पुरानोबाटोबाट भएको थियो ।
धावकहरुलाई प्राथमिक उपचारको लागि राइनास नगरपालिका स्वास्थ्य शाखाबाट बगुवा, भक्ति थापा पार्क र राईनासकोटमा औषधि सहितको टोली तैनाथ गरिएको थियो ।
बिच बिच बाटोमा आमा समुहहरुले धाबकहरुलाई अबिर र फूलको गुच्छा दिई हौसला बढाइरहेका थिए । दौड कार्यक्रममा राइनास नगरपालिकाका मेयर खड्क गुरुङसँगै उपमेयर पुष्प राज खनाल, धाविका मीरा राईलगायतको उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]