default_image

1 year ago

December 29, 2023

प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा

2270 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेशी हातेमालो सहकारी संस्था युएईको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा हुन लागेको नेपाली अन्तर संस्था स्तरीय युएईं व्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा भएको छ ।

प्रदेशी हातेमालो सहकारी संस्था युएईले यही शनिबार ३१ डिसेम्वरमा हुने भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष मनु सुनारले जानकारी गराए ।

युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वासल इन्डोर स्टेडियममा हुने एक दिने प्रतियोगितामा युएईंमा रहेका नेपाली समुदायका विभिन्न २० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी खेल तालिका पनि सार्वजनिक गरिसकेको छ । खेलहरु नकआउटकाे आधारमा हुनेछ ।

यसै प्रतियोगितामा सहभागी हुन नेपाली घरेलु भलिबलमा चर्चामा रहेका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरिसकेका छन् । सन्जु बिक्रम शाह र रेशम छन्त्यालसँगै रवि केसी, सुजन चोखाल, राजन दर्लामी मगर, बिष्णु बस्नेत, इन्द्र बिक, जीवन सुनार र हेमन्त बहादुर मल्ल त्यसतर्फ प्रस्थान गरेका छन् ।

सन्जु, रेशम र हेमन्तले पाल्पा सेवा समाजबाट खेल्नेछन् । रवि, राजन, सुजन, बिष्णु, इन्द्र र जीवनले आयोजक प्रदेशी हातेमालोबाट खेल्नेछन् ।

प्रतियोगिताको विजेताले ८ हजार ८ सय ४८ दिरामसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । । दोस्रो हुनेले ५ हजार ५ सय ५५ दिराम, कप, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

तेस्रो हुने टोलीले ३ हजार ३ सय ३३ दिरामसँगै कप, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टोलीलाई २ हजार २ सय २२ दिराम, कप, मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष मनुले बताए । गत वर्ष आयाेजक नै च्याम्पियन बनेकाे थियाे । त्यसबेला आयाेजकले बिशाल बिकलाई टाेलीमा समेटेकाे थियाे ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २ सय दिरामसँगै ट्रफी र मेडल प्राप्त गर्नेछ । विधागतका उत्कृष्टले १ सय दिरामसँगै ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.