1 year ago
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेकी रजत पदक विजेता एरिका गुरुङ र हरि लामा सम्मानित भएका छन् ।
काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डर गार्डेनले ११औं वार्षिकोत्सवको अवसरमा एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विद्यालयका खेलकुद शिक्षक समेत रहेका हरि लामालाई सम्मान पत्र र दाेसल्ला ओढाएर सम्मानित गरेको हो ।
विद्यालयका अध्यक्ष डा.चण्डिका प्रसाद भट्ट, संस्थापक निर्देशक हरि गौतम, संस्थापक निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले गुरुङ र लामालाई सम्मानित गरे ।
एरिकाले महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । उनी फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भएकी थिइन् । एरिका करातेको इतिहासमा एसियाडमा रजत जित्ने पहिलो खेलाडी हुन् । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।
फाइनलसम्म पुग्ने क्रममा एरिकाले क्वाटरफाइनलमा जापानकी युजुकी सावाएलाई १–१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ को पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी थिइन् ।
यस्तै अर्का सम्मानित हरि लामा करातेका राष्ट्रिय रेफ्री तथा रग्वीका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् । उनले चेन्नाइृमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा भएको एसियाली छनोटमा सहभागिता जनाएका थिए ।
यस्तै हरिले एएफसी ‘सी’ लाइसेन्स प्रशिक्षकसँगै गोलकिपिङ कोचको प्रशिक्षण पनि गरी सकेका छन् । उनी विगत ११ वर्षदेखि सो किन्डर गार्डेनमा आबद्ध छन् । किन्डर गार्डेनले हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेका खेलाडीलाई सम्मान गर्दै आइरहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]