default_image

1 year ago

December 24, 2023

गोर्खालाई अन्तर्राष्ट्रिय पुरुष भलिबल कप उपाधि

869 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा सनराइज युथ क्लब अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका स्पाइकर विशाल बहादुर विक सम्मिलिथ गोर्खाले उपाधि जित्न सफल भएको हो ।

अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २५–१७ ले जित्न सफल भयो । सुरुवातमा प्रतिस्पर्धा भएपनि गोर्खाले आफ्नो लय समात्दै खेल आफ्नो पक्षमा पार्यो ।

दोस्रो सेटमा पनि गोर्खाले पहिलो सेटको लयलाई निरन्तरता दिदै २५–१९ ले आफ्नो पक्षमा पार्दै जिततर्फ अग्रसर बन्यो । तेस्रो सेटमा सुरुवातदेखि नै पछि परेको गोर्खाले पूनरागमन गर्दै २५–२३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै गोर्खाले ३ हजार ५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको सनराइजले १ हजार ५ सय ५ अष्ट्रेलियन डलर, कप मेडल र प्रमाण पत्र हात पारेको छ । तेस्रो भएको मोना म्याग्दीले ५ सय ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजयी खेलाडीलाई एनआएनए सिड्नीका पुर्व उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक देव गुरुङ, मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोनका प्रवन्ध निर्देशक बिष्णु हमाल, नेपाल भलिबल संघ अष्ट्रेलियाका उपाध्यक्ष मुक्ति रोक्का, रेफ्री संयोजक चकमान शेरपुजा मगर र नेपाल भलिबल संघ अष्ट्रेलियाका कार्यक्रम संयोजक दीपक अधिकारी र क्लबका अध्यक्ष दिपेन राईलगायतले पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा अष्ट्रेलियामा रहेको नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहेको थियो । खेलहरु नकआउटको आधारमा भएको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.