1 year ago
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका अध्यक्ष दिपेन राईले भाेलि आइतबार हुने पहिलो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहेकाे छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा वेस्टर्न सिड्नी क्लब, गल्कोट समाज अष्ट्रेलिया, पोखरा भलिबल क्लब, मोना म्याग्दी, सनराइज युथ क्लब, म्याग्दी काली युनाइटेड क्लब र क्यानबेरा भलिबल क्लब रहेका छन् ।
समूह ‘बी’ मा गोल्डेन ब्वाइज क्लब, पर्वत बेनी क्लब, आयोजक गोर्खा स्पोर्ट्स क्लब ‘ए’, ढोरपाटन स्पोर्ट्स क्लब, जलजला परिवार अष्ट्रेलिया, गोर्खा स्पोर्ट्स क्लब ‘बी’ र छन्त्याल परिवार अष्ट्रेलिया रहेका छन् । खेलहरु नकआउटको आधारमा हुनेछ । क्लबको बार्षिकोत्सव, क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको एक दिने प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा हुनेछ ।
प्रतियोगिताको विजेताले ३ हजार ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय ५ अष्ट्रेलियन डलर र तेस्रो हुने टोलीलाई ५ सय ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्वाेत्कृष्ट खेलाडीले ट्रफीसँगै १ सय अष्ट्रेलियन डलर तथा व्यक्तिगत विधा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र प्रशिक्षकसँगै उदियमान खेलाडी र अनुशाषित खेलाडीले ट्रफीसँगै ५० अष्ट्रेलियन डलर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । यस्तै प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, रे पोपर्टी, फिस एट दि रक्स प्लाटिनम र नमस्ते रेष्ट्ररेन्ट, एभरेस्ट ड्राइभिङ र यात्री फुड रकले प्रायोजन गरेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।