1 year ago
December 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) –विपना ब्लोन र अरहान्तकेशर सिंह एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा शनिबार भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर १ अरहान्तले अमिर ब्लोनलाई ४ सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरे ।
अरहान्तको खेलजीवनको यो १४ औं एकल उपाधि हो । महिला एकल फाइनलमा विपना ब्लोनले कृष्णा थापालाई ४ सेटमै ११–८, ८–११, ११–६ र १३–११ ले निराश पारिन्।
यसैगरी यु१९ गल्र्समा साक्षी सुनुवार फाइनलमा रेनेसा महर्जनलाई सीधा सेथटमा ११–२, ११–१ र ११–२ ले हराउँदै च्याम्पियन बनिन्। यु१९ ब्वाइजको फाइनलमा विकास तुम्सिङ मगरले पासाङ ब्लोनलाई चार सेटमा ११–७, १२–१४, ११–६ र ११–४ ले पराजित गरे ।
त्यस्तै मास्टर्स ५० प्लसमा छविलाल पाइजा पुन प्रज्वल प्रधानलाई ३–१ सेटमा र प्लेट च्याम्पियन्सीपमा पासाङ ब्लोन दिव्यराज वज्राचार्यलाई ३–० ले हराए ।
नेपाल स्क्वास र्योेकट्स संघको स्थपना ३५ वर्ष पुगेकोे अवसरमा आयोजित एनएसआरए एनिभरसरी कप स्क्वासमा ६ विधामा प्रतिस्पर्धा को थियो ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई एक्स स्टेपले पुरस्कार प्रायोजन गरेको थियो ।
भावना र राजेन्द्रको सन्न्यास
दुई अनुभवी खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यले अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट सन्न्यास लिएका छन् ।
नेपाल स्क्वास र्याकेट संघले प्रतियोगिताको समापनमा भावना र राजेन्द्र लाई सम्मानपत्र प्रदान गर्यो। दुबैले घरेलु स्क्वास प्रतियोगितालाई भने निरन्तरता दिने बताइएको छ।
दुई दशकदेखि स्क्वासमा आवद्ध भावना एक दशकभन्दा बढी घरेलु महिला स्क्वासमा दबदबा बनाउने खेलाडी हुन् । चार पटक दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी भएकी भावनाले कोलेम्बोमा भएको दसौं, १२ औँ साग र १३ औं सागमा महिला टिम इभेन्टमा कास्य पदक जितेकी थिइन्।
यसैगरी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका राजेन्द्र नेपाल स्क्वास एन्ड र्याकेट्स संघका केन्द्रीय सदस्य पनि हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]