8 years ago
January 22, 2017
पोखरा (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो हाफमा २–० को अग्रता लिएको छ ।
कप्तान अनिल गुरुङले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि मनाङले अग्रता बनाएको हो । ३३ औं मिनेटमा सुजल श्रेष्ठको गोलका लागि पास मिलाएका राष्ट्रिय टोलीका समेत कप्तान रहेका अनिलले ४१ औं मिनेटमा गोल गरेका थिए । उनको क्रसमा सुजलले हेडमार्फत गोल गरेका थिए । दुई महिनाअघि सुजलले फाइनलमा गोल गरेपछि नेपालले एएफसी सोलिडारिटी कप जितेको थियो । अनिल आफैले आफिज ओलावालेको पासमा पहिलो बारमा गोल गर्दै घरेलु मैदानमा यो सिजनको पहिलो खेललाई सुखद बनाएका थिए ।
उपाधि रक्षाको लक्ष्यका साथ पोखरा आइपुगेको मनाङले गत महिनाको सुरुआतमा सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप जितेको थियो । त्यसअघि टोलीले टुबोर्ग हेटौडा गोल्ड कपको फाइनल खेलेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]