default_image

1 year ago

November 24, 2023

नेपालगञ्ज कनक्लेभमा खेलकुदको‌ चर्चा

394 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको‌ अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ ।


नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।
कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वाथ्य र खेलकुद्’ मा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणि पौडेल, विद्यालय सञ्चालक शशी स्वार, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल, १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ सहभागी थिए । सेसनको मोडेरेसन हाम्रो खेलकुद डटकमका‌ सम्पादक प्रकाश तिमल्सिनाले गरेका थिए । 

नीति छ, कार्यान्वयन छैन

‘खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वाथ्य र खेलकुद्’ मा बाेल्दै कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणि पौडेलले राजतन्त्रपछि खेलकुदमा नीतिगत परिवर्तन त भयो र परिणममूखि बनाउन नसकिएको बताए । खेलकुदमा राजनीति हाबी भयो । खेलकुद नीति आएपनि समयसापेक्ष परिमार्जन नभएको उनको भनाइ छ । ‘ऐन त आयो तर कार्यन्वयन फितलो छ । आवश्यक साधन स्रोत र कार्ययोजना छैन । बजेटको अभाव छ । अहिले पनि खेलकुदमा ०.५ प्रतिशतभन्दा कम छ,’ उनले भने, ‘स्थानीय तहले पनि खेलकुदलाई शिक्षासँग जोड्ने काम गर्न सकेका छैनन् । बजेटबाट आउटपुट राम्रो निकाल्न सकेका छैनौँ ।’ 

उनले आफू खेलकुद क्षेत्रको जिम्मेवारीमा हुँदा पाँच ‘प’ मा केन्द्रित होऔँ भनेर सुरु गरेको बताए  । ‘पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण, प्रतिभाको खोजी, प्रोत्सानका पक्षमा प्राथमिकता दिन सकेनौँ भने खेलकुदको विकास हुन सक्दैन । यी पाँच प लाई केन्द्रित गरौँ भनेर सुरु गरेका थियौँ । तर स्रोत पाउन सकेनौँ । निजी क्षेत्रलाई पनि आकर्षित गर्न सकेनौँ ।’ 
 
खेलकुदलाई आर्थिक र पर्यटनसँग पनि जोड्न जरुरी रहको उनको भनाइ छ । सबैभन्दा कमजोर पाटो कार्यान्वयनको भएको भन्दै उनले प्रस्ट मार्गदर्शन र कार्यान्वयन नहुँदा खेलकुदले फड्को मार्न नसकेकोमा जोड दिए । ‘खेलकुदलाई शारीरिक मात्रै होइन, मानसिक, सामाजिक र भावनात्मक विकास गराउँछ । तर, यसलाई हामीले आत्मसात गर्न सकेका छैनौँ,’ उनले भने ।  

उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मा नेपालगञ्जमा धेरै पूर्वाधार बनेको तर ती पूर्वाधार खण्डहरमा परिणत भएका उल्लेख गर्दै उनले प्रतियोगिता र प्रशिक्षण निरन्तर भएमा मात्रै पूर्वाधारको संरक्षण हुने दाबी गरे । ‘खेलकुदको विकास गर्ने हो भने जरैबाट लाग्नुपर्छ । राष्ट्रपति रनिङ शिल्ड खेलाडी उत्पादनको थलो थियो । तर वर्षमा एउटा प्रतियोगिताले मात्रै पुग्दैन । प्रतियोगिताबाट आएका खेलाडीलाई पनि निरन्तर प्रशिक्षण हुनुपर्छ । ठोस कार्ययोजनासहित तीनै तहका सरकारले प्रतियोगिता गराउन सकेमा पूर्वाधारको संरक्षण हुन्छ,’ उनले थपे ।  

खेलकुद र शिक्षालाई जोड्ने सकिन्छ ?

विद्यालय सञ्चालक शशी स्वारले सरकारी र संस्थागत दुवै किसिमका विद्यालयमा खेलकुद शिक्षकको योग्यताको मापदण्ड पालना नभएको र अनुगमन पनि नहुने गरेको बताइन् । ‘खेलमा बालबालिकालाई प्रोत्सान गर्ने बित्तिकै अभिभावकहरु पढाईमा असर पर्छ भन्छन् । अभिभावकहरु खेललाई लिएर नकारात्मक धारण राख्छन् । नपढ्ने विद्यार्थीले मात्रै खेल्ने हो, बच्चा बिग्रन्छ भन्ने धारणा राख्छन् । चार्म छैन भनेर हो कि ? एक दुईटा कारणमात्रै होइन धेरै कारणले खेलकुदलाई प्राथमिकता दिन सकेका छैनौँ,’ उनले भनिन् ।  

अभिभावकले खेलेर के हुन्छ ? भन्ने प्रश्न गर्ने गरेको बताउँदै खेलकुदले बालबालिकाको सर्वांगिण विकास हुने र खेलमा पाइने सम्मान र खेलेर व्यक्तिले पाउने जीवउपयोगी ज्ञानका बारेमा अभिभावकहरुलाई बुझाउन जरुरी रहेको बताइन् । 

खेलकुद र स्वास्थ्यको सम्बन्ध 

मुटुरोड विशेषज्ञ डा. विकास नेपालले स्वास्थ्यलाई ठिक राख्नका लागि र नसर्ने रोगबाट बच्नका लागि खेलकुद जरुरी रहेको बताए । ‘अस्वस्थ व्यवहारले रोग लाग्छन् । नसर्ने रोगबाट विश्वमा वार्षिक ४ करोड मानिसको मृत्यु हुन्छ, जुन कुल मृत्युको ७५ प्रतिशत हो,’ उनले भने । बालबाबालिकालाई मोडलको रुपमा व्यवहार गरेर देखाउनुपर्ने उनको भनाइ छ । ‘स्क्रिन टाइम बढी हुँदा बालबालिका अल्छी भएका छन् । त्यसकारण घरैदेखिबाट शारीरिक कसरतलाई प्रथाथमिकता दिनुपर्छ । विद्यालयले नै यसखालको बानीको विकास गराउनुपर्छ,’ उनले उल्लेख गरे ।  

कम्तीमा हप्ताको पाँच दिन प्रत्येक दिन ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी रहेको उनको भनाइ छ । ‘हिँडेर पुग्न सकिने ठाउँमा गाडीको प्रयोग नगरौँ । बरु साइकल चढौँ । रातो र बोसोयुक्त मासु कम खानुपर्छ । पानी धेरै खानपर्छ । धुम्रपान गर्नु हुँदैन । मुुटुजन्य रोग ५० वर्षमाथिकालाई हुन्छ भन्ने थियो, अहिले १८ वर्षकालाई पनि हार्टअट्याक भइरहेका छन्,’ उनले औँल्याए । 

विद्यालयमा खेलकुद कति आवश्यक ?

सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले जीवन जिउनलाई नै विद्यालय जीवनको खेलकुदले भूमिका खेलेको बताइन् । ‘विद्यालयमा खेलकुद खेल्न नपाएको भए म अहिलेको अवस्थामा पुग्ने थिइन् । सोच्ने क्षमतामा पनि विद्यालय जीवनको खेलकुदले ठूलो सहयोग गर्छ,’ उनले भनिन् । 

खेलकुदमा बालबालिकालाई प्रोत्साहन गर्न अभिभावको भूमिका प्रमुख रहेको उनको बुझाइ छ । अभिभावकले सहयोग नगर्दा विद्यालयलाई पनि खेलकुदमा प्राथमिकता दिन नसकिरहेकामा उनले पनि सही थपिन् । उनले भनिन्, ‘मलाई पनि अभिभावकले पढाइमा ट्यालेन्ट भएकोले पढ्दैन भन्नुहुन्थ्यो । मैले चाहीँ यसलाई गलत साबित गर्छुं भनेर लागें । तर सबै बालबालिकाले यस्तो गर्न सक्दैनन् । त्यसकारण अभिभावकले बालबालिकालाई निरुत्साहित नगरौँ ।’ 

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.