1 year ago
November 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आगामी पुस दोस्रो सातादेखि आयोजना हुने सर्वाधिक पुरस्कार राशीको अजी फाइनान्स पुरुष भलिबल कप आयोजनालाई तीब्रता दिएको छ ।
द गोर्खा स्पोर्ट्स क्लबको आयोजनामा सर्वाधिक पुरस्कार राशिको एक दिने अजी फाइनान्स पुरुष भलिबल कप पुस ८ (डिसेम्वर २४) मा हुँदैछ । क्रिसमसको अवसरमा हुन लागेको प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा हुनेछ।
आयोजकले प्रतियोगितालाई चुस्त र व्यवस्थित पार्नको लागि तयारीलाई तीब्रता दिएको प्रतियोगिता संयोजक प्रकाश फाल मगरले जानकारी गराए ।
‘हामी पहिलोपल्ट प्रतियोगिता आयोजना गर्दैछौं । पहिलो प्रतियोगिता भएपनि हामी प्रतियोगितालाई भव्य बनाउन कुनै कसर बाँकी राख्ने छैनौं । त्यसैले प्रतियोगितालाई व्यवस्थित पार्न तयारीमा जुटिसकेका छौं ।’ संयोजक फालले भने, ‘मुख्य प्रायोजकको रुपमा अजी फाइनान्स एण्ड होम लोन पाइसकेका छौं । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, रे पोपर्टी, फिस एट दि रक्स प्लाटिनम र नमस्ते रेष्ट्ररेन्ट र एभरेस्ट ड्राइभिङ प्रायोजक बनिसकेको छ । अन्य प्रायोजकहरु पनि खोजिरहेका छौं ।’
यसैबीच क्लबले प्रतियोगिताकै लागि नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीको अवसरमा देउसी कार्यक्रमको आयोजना गर्न लागेको भएको छ । देउसी कार्यक्रम कार्तिक २८ गते मंगलबार अष्ट्रेलियाको सिड्नीस्थित लिभरपुलमा हुनेछ । यसबाट उठेको रकम प्रतियोगिताको अपुग रकमसँगै विभिन्न सामाजिक कार्यमा खर्च गरिने संयोजक प्रकाश फालले बताए ।
प्रतियोगितामा कम्तीमा १० देखि १२ टोलीको सहभागिता रहने र खेलहरु नकआउटका आधारमा सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ३ हजार ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय ५ अष्ट्रेलियन डलर र तेस्रो हुने टोलीलाई ५ सय ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्वाेत्कृष्ट खेलाडी, व्यक्तिगत विधासँगै उदियमान खेलाडी र अनुशाषित खेलाडीलाई पनि आकर्षक पुरस्कार राखिएको छ । अष्ट्रेलियामा नेपाली समुदायबीच हुने भलिबल प्रतियोगितामा यो पुरस्कार राशी अहिलेसम्मकै सर्वाधिक रहेको प्रतियोगिता संयोजक प्रकाश फाल मगरले जानकारी गराए ।
भलिबल खेलको प्रवर्द्धन र सहभागितासँगै सामाजिक कार्यका लागि द गोर्खा स्पोर्ट्स क्लब सन् २०२२ मा स्थापना भएको क्लब हो । क्लबले स्थापना कालदेखि हालसम्म अष्ट्रेलियामा भएको विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै उपाधिसमेत जित्न सफल भएको छ । टोली एकपटक च्याम्पियन बन्दा दुईपटक उपविजेता बनेको छ ।
यस्तै क्लबले अष्ट्रेलियामा विभिन्न समस्या भोगिरहेका नेपाली विद्यार्थी र नेपाली समुदायलाई खेलकुदको माध्यमबाट शारीरिक र भावनात्मक रुपमा सहयोगसँगै नेपालमा रहेका भलिबल क्लबहरुलाई पनि सहयोग प्रदान गर्दै आइरहेको क्लबका अध्यक्ष दिपेन राईले जानकारी गराए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।