1 year ago
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ ।
आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ दिनसम्म चल्ने प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागि नसकेको क्लबले जनाएकाे छ ।
झन्डै ४ वर्षपछि हुन लागेको प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको आयाेजक ढाेरपाटन क्लबले जनाएकाे छ ।यसपल्टको विजेताले ५ लाख १ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अघिल्लो वर्ष (२०७६) काे विजेताले ४ लाख ५ हजार रुपैयाँ प्राप्त गरेकाे थियो । दोस्रो हुने टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौले ५० हजार, छैटौले २५ हजार रुपैया हात पार्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक स्थान स्कुटर र विधागतका उत्कृष्टलाई समान ५ हजार प्रदान गरिने छ । प्लेयर अफ दि म्याच र भाग्यशाली दर्शकको लागि पनि आकर्षक पुरस्कार राखिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए ।
१५औं संस्करण सकिदा एपीएफले सर्वाधिक ८ पटक उपाधि जितेको छ । पाँच पटक पोखराको ज्ञानुबाबाले जितेको छ । समान एक पटक नेपाल पुलिस क्लब र रिड मोडलले जितेको छ । पहिलो संस्करण पुरुषको आयोजना हुदा आर्मी च्याम्पियन बनेको थियो ।
१६औं संस्करणकाे ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको अनुमानित बजेट ५१ लाख रुपैयाँ रहेकाे छ । क्लबले प्रतियोगिताको बजेट प्रायाेजक, टिकटबाट उठेकाे रकम र
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।