1 year ago
November 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले चीनमा भएको चौथो एसियाली पारा खेलकुद अन्तरगत तेक्वान्दोमा ऐतिहासिक कांस्यपदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् ।
सोही अवसरमा टोलीका प्रशिक्षक कवि राज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ । प्रशिक्षक लामालाई ७५ हजारसहित प्रशंसा पत्र तथा श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान प्रदान गरिएको हो । कार्यक्रम दौरान संघले पलेशाका बुवा प्रदीप र आमा मनितालाई पनि सम्मानित गरे ।
त्यसै कार्यक्रममा एभरेष्ट तेक्वान्दो केयर्स फाउन्डेसन, युएसले पनि पलेशा र लामालाई नगदसहित सम्मान गरेको छ ।फाउन्डेसनका नेपाल प्रतिनिधि बलराम कार्कीले पलेशालाई ५० हजार र लामालाई २० हजार नगदसहित सम्मान गरे ।
गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङ्चोमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो । पलेशाले करियरमा जितेको यो तेश्रो अन्तर्राष्ट्रिय पदक हो ।
यसअघि पलेशाले १ स्वर्ण र २ कांस्य रजत जितेकी थिइन् । पलेशाले टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास पनि रचेकी थिइन् । पलेशा ओलम्पिकमा दुई खेल जित्ने एक्ली नेपाली खेलाडी हुन् । कांस्य पदक भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुकेकी थिइन् ।
प्रशिक्षकका रुपमा लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाकोसहित जितेको नवौं पदक हो । अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ ।
पलेशाले १ स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १–१ कांस्य जितेका छन् । टोकियो पारा ओलम्पिकमा पनि लामा नै पलेशाका प्रशिक्षक थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]