8 years ago
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– पोखरामा अर्को महिना ११ औं संस्करणको अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले फागुन ७ गते आयोजना गर्ने म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मंचका अध्यक्ष खड्कबहादुर रानाभाटले म्याराथनमा झन्डै ५ हजार धावकलाई सहभागि गराउने दाबी गरे । ‘यस बर्ष म्याराथन एक सय ५० बढी धावक हुनेछन्,’ रानाभाटले भने,‘सिटी म्याराथनको अवधारणलाई उजागर गर्न व्यक्तिको स्वास्थ्यको लागि खेलकुद आवश्यक भएकोले पोखराका विभिन्न बिद्यालयका बिद्यार्थी एवं खेलकुदकर्मी सहित गरी ५ हजार जनालाई रन फर रनमा सहभागी गराउने लक्ष्य राखेका छौं ।’
पोखरा म्याराथनमा फुल म्यराथान(४२.१९५ किमी),छात्रा/छात्र तर्फ ५ किमी, अपाङ्गता भएकाहरुको लागि व्हिल चियर महिला/पुरुष ४ सय मिटर का इभेन्ट आयोजना गरिने रानाभाटले बताए । म्याराथनका विजेताले ६० हजार, उपविजेताले ४० हजार, तेश्रोले २५ हजार र चौथो हुनेले ४ हजार रुपैयाँका साथै ट्रफी मेडल प्राप्त गर्ने मञ्चका उपाध्यक्ष तेज गुरुङले बताए ।
छात्रा/छात्र तर्फ ५ किमी जित्नले ७ हजार, दोस्रा हुनेले ५ र तेस्रा हुनेले ३ हजार पाउनेछन् । व्हिल चियर महिला/पुरुष तर्फ विजयी हुनेले ३ हजार, दोश्रो हुनेले २ हजार र तेश्रो हुनेले १ हजार रुपैयाँ पाउनेछन् । लक्ष्मी हाउसको भातृ संस्था सुजल डेरीको उत्पादन सफल दुधले गत बर्ष देखि म्याराथनलाई प्रायोजन गरेको हो । ३ बर्षे सम्झौता अर्को बर्षसम्म रहनेछ । सम्झौता सकिए पछि त्यसलाई निरन्तरता दिन सकिने लक्ष्मी हाउसका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बताए ।
म्याराथनका लागि झन्डै १७ लाख रुपैयाँ खर्च हुने मञ्चको अनुमान छ । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्ने भावनाको विकास गराउने , खेलाडीको प्रतिभा प्रष्फुटन गराउने, बन्धुत्वको विकास गराउने, पोखराको पर्यटकीय प्रवद्र्धनमा टेवा दिने, सुन्दर पोखरा शहरलाई विश्व सामु चिनाउने लक्ष्यका साथ म्याराथन आयोजना गर्न लागिएको मञ्चले जनाएको छ ।
पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, अमेरीकन समुह एएनएका अध्यक्ष मेदीनी अधिकारी, सहारा युकेका अध्यक्ष मीन गुरुङ लगायतले पोखराको ब्राण्ड बनाउने अभियानलाई मद्दत पुर्याउनेका लागि पोखरा म्याराथनलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]