1 year ago
October 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबल टेनिसमा नेपाली खेलाडी पराजित भएका छन् ।
२ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन् । तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसंग पराजित भए ।
जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ को खेलमा चिङयुवान गुओले नेपालका डिगमसिंह चेम्जोङलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा चिङ झाइले नेपालका केशव थापालाई सीधा सेटमा ११–८, ११–८ र ११–४ ले हराए ।
महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा चियाडन गुले नेपालकी लाली तामाङलाई ११–३, ११–४ र ११–५ को सोझो सेटमा पन्छाइन् ।
नेपाली खेलाडीले अब विभिन्न ४ खेलमा प्रतिस्पर्धा गर्नेछन् । आर्चरी, ब्याडमिन्टन, पावर लिफ्टिङ र टेबल टेनिसमा प्रतिस्पर्धा गर्ने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]