1 year ago
October 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई आज इतिहास रच्ने मौका छ।
फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज साँझ नेपाली समयअनुसार ५:४५ बजे लाओसको सामना गर्दै छ।
नेपाली राष्ट्रिय टोली बाट सबै भन्दा धेरै गोल गर्ने सूचीको शीर्ष स्थानमा तीन जनाको नाम छ। हरी खड्का, निराजन रायमाझी र अन्जन शीर्ष स्थानमा छन्। तीन जनाको समान १३ गोल रहेको छ।
अन्जनले गत बिहीबार लाओस विरुद्ध पहिलो खेलमा गोल गर्दै कीर्तिमान बराबरी गरेका थिए। आज गोल गर्न सफल भएमा अन्जन नेपाली फुटबलमा सुनौलो इतिहास रच्ने छन्।
नेपालले आजको खेलमा जित हासिल गरेमा छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ। नेपालले जित हासिल गर्न सकेमा दोस्रो चरणको समूह एचमा आफ्नो स्थान बनाउने छ। समूह एच मा युएई, बहराइनका साथै यमन र श्रीलंका बीचको विजेता रहनेछ।
नेपाल र लाओस बीचको दोस्रो खेल लाओसको राजधानी भ्येनट्यान स्थित राष्ट्रिय रंगशालामा हुने छ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]