1 year ago
October 16, 2023
एजेन्सी – युरोपेली च्याम्पियनसिप (युरो) २०२४ को छनोटका खेल हरुमा गएराति स्पेन, वेल्स र टर्की विजयी भएका छन् ।
समुह ए अन्तर्गतको खेलमा स्पेनले नर्वेलाई १-० ले पराजित गरेको हो। खेलको एकमात्र गोल गाभीले ४९औं मिनेटमा गरेका थिए।
जित सँगै स्पेन युरोको लागि छनोट भएको छ। सोही समूह बाट स्कटल्याण्ड पनि युरोका लागि छनोट भएको हो। नर्वेले भने नेसन्स लिग प्लेअफ कुर्नु पर्ने भएको छ।
यस्तै समुह डी अन्तर्गतका खेलमा वेल्सले क्रोएसिया लागि २-१ ले हराउँदा टर्कीले लात्भियालाई ४-० ले पराजित गर्यो। वेल्सले आफ्नो प्रत्यक्ष छनोट प्रतिद्वन्द्वी क्रोएसियालाई पराजित गर्दै आफ्नो छनोटको आशा जीवित राखेको छ।
वेल्सका लागि फूलहमका खेलाडी ह्यारी विल्सनले दुबै गोल गरे। उता पराजित क्रोएसियाका लागि भने मारियो पासालिचले एक गोल गरे। टर्कीको जितमा भने चेन्क टोसुनले ३ गोल गर्दा युनुस आकगुन र केरेम आक्तुरकोग्लुले समान १ गोल गरेका हुन्।
समूहमा पहिलो स्थानमा रहेको टर्कीको १६ अंक रहँदा वेल्स र क्रोएसिया समान १० अंक सहित क्रमसः दोस्रो र तेस्रो छन्।
समूह इ मा भने पोल्याण्ड र मोल्डोभाले १-१ को बराबरी खेलेका छन्। यस समूहमा अल्बेनिया छ खेलमा १३ अंक सहित शीर्ष स्थानमा रहँदा समान छ खेल खेलेको चेकिया ११ अंक सहित दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको पोल्याण्डको १० अंक छ।
यस्तै समूह आई को खेलमा रोमानियाले एन्डोरालाई ४-० ले पराजित गर्दा समूहको इजरायल र कोसोभोको खेल जारी इजरायल र प्यालेस्टाइनको युद्धका कारण हुन सकेन।
यस समूहमा आठ खेल खेलेको रोमानिया १६ अंक सहित शीर्ष स्थानमा छ। स्विट्जरल्याण्डको सात खेलमा १५ अंक रहँदा छ खेल खेलेको इजरायलको ११ अंक छ।
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो पहिलो खेलमा फराकिलो अन्तरमा पराजित भएको छ। कतारको दोहामा बुधवार भएको खेलमा नेपाललाई जापानले ९-२ ले हराएको छ। नेपालका लागि सविनकुमार मगर र विज्ञान खड्काले गोल गरे । जापानका लागि दाइची तानीले ४ गोल, हिरोतो असादाले ३ तथा मिबुकी कासाई र […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाली उसु खेलाडीले जापानको टोकियोमा हुने तेस्रो थाउँलो वर्ल्डकप २०२४ भाग लिने भएका छन् । टोकियोस्थित योकोहा शहरमा वर्ल्ड कप कात्तिक ७ देखि १२ गते सम्म हुने बताइएको छ। दीपक हमाल, विजय सिंजाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजिव तामाङले वर्ल्ड कपमा भाग लिने बताइएको छ। नेपाल उसु महासंघका महासचिव […]
October 7, 2024
दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]