1 year ago
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उदियमान खेलाडी प्रिन्स दाहाल योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा पराजित भएकाे छ।
अष्ट्रेलियास्थित मेलवर्नमा शुक्रबार न्यूजिल्याण्डका इडवार्ड लोउसँग २–० ले पराजित हुँदै प्रिन्स क्वाटरफाइनलमा रोकिएको हो । प्रिन्सले लोउसँग १३–२१ र ११–२१ को हार भोगे ।
त्यसअपघ क्वाटरफाइनलसम्मको यात्रामा विश्व जुनियरको शीर्षस्थानमा रहिसकेका प्रिन्सले राउन्ड ६४ मा अष्ट्रेलियाका याउजु जौलाई २१–१० र २१–६, राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्दलाई २१–११ र २१–१६ ले तथा प्रिक्वाटरफाइनलमा चाईनिज ताईपेईका पाङ फोङ पुईलाई २१–१८, १२–२१, २१–१४ ले पराजित गरेका थिए ।
पुरुष एकलतर्फकै प्रि क्वाटरफाइनलमा प्रफुल महर्जन जापानका शोता ओमोतोसँग ९–२१ र १२–२१ ले पराजित भए । त्यसअघि प्रफुलले अष्ट्रेलियाका ओमकार निलमलाई २१–१० र २१–१० ले तथा अष्ट्रेलियाकै केथ मार्क एडिशनलाई २०–२२, २१–१५ र २१–१५ ले पराजित गरेका थिए ।
महिला युगलतर्फ वाई पाएर सिँधै क्वाटरफाईनल पुगेका नङ्शलदेवी तामाङ्ग र अनुमाया राईको जोडी क्वाटरफाईनलमा अष्ट्रेलियाकी प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडी संग ७–२१ र १४–२१ ले पराजित भइन् ।
पुरुष युगलतर्फ प्रिन्स र बिष्णु कटुवालको जोडी प्रिक्वाटरफाइलनमा अष्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्यासँग ८–२१ र १७–२१ ले पराजित भए । त्यसअघि यो जोडीले राउण्ड अफ ३२ मा अष्ट्रेलियाका हुईदोङ्ग ताङ्ग र जिउल झिलाई १०–२१, २२–२० र २१–१९ ले पराजित गरेका थिए ।
पुरुष एकलमा बिष्णु कटुवाल अष्ट्रेलियाका रियो अगुष्टिनोसँग ९–२१ र ९–२१ ले, अनुमाया राई अष्ट्रेलियाकी भिक्टोरिया छोनादीसँग १६–२१ र १६–२१ र नङ्शल अष्ट्रेलियाकी टिफानी होसँग ७–२१ र ८–२१ ले पराजित भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]