1 year ago
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली राष्ट्र पोर्चुगलमा युरोपस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता ‘दशै कप’ यसै साता आयोजना हुने भएको छ ।
भिजन स्पोर्ट्स क्लब पोर्चुगलले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता १५ अक्टोवर अर्थात आउदो आइतबार हुने आयोजकले जानकारी गराएको छ । एक दिने प्रतियोगिता पोर्चुगलस्थित अलभलादे खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागिताको लागि ३ सय युरो दर्ता शुल्क राखिएको छ । विजेताले २ हजार ५ सय युरो प्राप्त गर्नेछ । दोस्रो हुने टोलीलाई १ हजार २ सय ५० प्रदान गरिने आयोजकले जनाएको छ ।
भिजन स्पोर्ट्स क्लब पोर्चुगलमा केही समयअघि खेलसँगै सामाजिक कार्यको लागि स्थापना भएको क्लब हो । हाल क्लबको अध्यक्षमा सौगात विष्ट रहेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।