1 year ago
October 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश भलिबल संघ वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो ।
पहिलो सेट २५–१७ ले जितेको गण्डकीले दोस्रो सेट १७–२५ ले नै गुमाउन पुगेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट गण्डकीले २५–२१ ले आफ्नो पक्षमा पार्दैजिततर्फ अग्रसर बन्यो । चौथो सेटमा सुरुवातदेखि नै अग्रता लिदै गण्डकीले २५–२२ ले जित्दै च्याम्पियन बन्न सफल भयो ।
गण्डकीले तीन साता अघि पोखरामा भएको लामाचौर कप भलिबल प्रतियोगितामा पनि पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको थियो ।
उपाधिसँगै गण्डकीले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।
सोमबारै नेपाल एपिएफ क्लबलाई २५–२०, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गर्दै धौलागिरी रेष्टुरेन्ट ओसाका जापानले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको ओसाका जापानले १ लाख र चौथो भएको एपिएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
सर्वाेत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा १८ असोजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।