1 year ago
October 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब काठमाडौंमा जारी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
तीन भारतीय खेलाडी सम्मिलित धौलागिरी रेष्टुरेन्ट ओसाका जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको दोस्रो सेमिफाइनलको पहिलो सेटमा एक समय २४–१९ को आरामदायी अग्रतामा रहेपनि लगातार ५ अंक गुमाएपछि पुलिस दवावमा आएको थियो । तर, त्यसपछि लगातार २ अंक जोडेर पुलिसले पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
तीन भारतीय खेलाडी सम्मिलित ओसाका जापानले पूनरागमन प्रयास गरेपनि जित निकाल्न सकेन । दोस्रो सेट पुलिसले सहजै २५–१६ ले जित्न सफल भयो । प्रतिस्पर्धात्मक तेस्रो सेट पनि पुलिसले २५–२२ आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो ।
अब पुलिसले उपाधिका लागि सोमबार गण्डकी प्रदेश भलिबल संघसँग खेल्नेछ । गण्डकीले आइतबारै विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । सोमबारै तेस्रो स्थानको लागि एपिएफ र ओसाका जापानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा १८ असोजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वाेत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।