default_image

12 months ago

September 28, 2023

पावरलिफ्टिङमा सविता र विकिन सर्वोत्कृष्ट

348 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सविता ह्यान्जु र विकिन जोशी राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सविता र विकिन नेपालको स्टङगेस्ट एथलेटको उपाधीसहित समान ३७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको दुई दिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधा अन्तर्गतको विभिन्न ११ वटा समूहमा आधारित प्रतिस्पर्धा गराइएको थियो ।

पुरुष खुल्ला ६२ केजी वजन समूह मुनिको खेलमा निमेष चुकान विजयी भए । बल बहादुर सुनार दास्रो र दिनेश सिख्राकर तेस्रो भए । ६२.१ देखि ६९ केजी वजन समूहको प्रतिस्पर्धा विकिनले जिते । त्यसमा विक्रम थापा दोस्रो र विकास गुरुङ तेस्रा भए ।६९.१ देखि ७७ केजी वजन समूहमा रविन राई पहिलो, विजु लामा दोस्रो र विजय प्रजापति तेस्रो भए ।

७७.१ देखि ८५ केजी वजन समुहको खेलमा विकेश श्रेष्ठ विजयी भए भने राजिव श्रेष्ठ दोस्रो र अर्जुन श्रेष्ठ तेस्रो भए । ८५ केजी भन्दा माथिको वजन समूहमा ओजश जोशी विजयी भए । मनोज श्रेष्ठ दोस्रा र मनिष शाक्य तेस्रा भए ।

त्यस्तै महिला खुल्लामा ५८ केजी वजन समूहमा सविता ह्यान्जु पहिलो , आश्मा श्रेष्ठ दोस्रो र नेहा राय तेस्रा भइन् । ५८.१ देखि ६४ केजी वजन समूहमा पुनम बोम्जन विजयी भइन् । एन्नि दर्जि दोस्रो र एलि लिम्बु तेस्रो भइन् । ६४ केजीमाथि माथिको वजन समूहमा शर्मिला शाह पहिलो जुनु महर्जन दोस्रो र मनु कला राई तेस्रो भइन् ।

जुनियर २१ वर्ष मुनिको उमेर समूहमा जेम्स(विप्लव) विजयी भए । राजिव खड्का दोस्रो र सुधीर श्रेष्ठ तेस्रो भए । मास्टर्स पुरुष ४५ वर्षमाथिको उमेर समुहको खेलमा तारा बहादुर थापा क्षेत्री पहिलो, रोशन मानन्धर दोस्रो र दिलेन्द्र महर्जन तेस्रो भए । मास्टर्स महिला ४० वर्षमाथिको उमेर समुहमा लक्ष्मी महर्जन विजयी भइन् । पुजा प्रधान दोस्रो र माया मगर तेस्रो भइन् ।

सबै वजन समूहका विजेताले मेडलसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गरे । सबैभन्दा बढी अंक प्राप्त गर्न सफल भक्तपुरको गो फिटले नेपालको स्ट्रोङ्गेस्ट क्लब २०२३ को उपाधि जित्यो । प्रतियोगितामा १ सय ६४ खेलाडीको सहभागिता थियो ।

नेपाल कांग्रेसका महामन्त्री एवंम संघिय सांसद गगनकुमार थापा, पिन्टोला नेपालका संचालक प्रेमहरी मैनाली, नेपाल सेनाका पूर्व प्रधान सेनापती गौरव शमशेर ज.ब.रा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजय लाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

Success

Thank you for your time.