1 year ago
September 25, 2023
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ यसै महिना आयोजना हुने भएको छ ।
एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ असोज १४ गते आइतबार (अक्टोवर १) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई पोलमा विभाजन गरिएको छ ।
पुरुषतर्फ पोल ‘ए’ मा दि गुर्खा स्पोर्ट्स युथ क्लब, म्याग्दी काली युनाइटेड अस्ट्रेलिया, छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए), सनराइज युथ क्लब र जलजला परिवार अस्ट्रेलिया रहेको छ ।
पोल ‘बी’ मा ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी, गल्कोट समाज अस्ट्रेलिया, पोखरा भलिबल क्लब र गोल्डेन ब्वाइज युथ क्लब अस्ट्रेलियाको सहभागिता रहेको छ ।
महिलामा ढोरपाटन क्लब अस्ट्रेलिया, मोना म्याग्दी र पोखरा भलिबल पोल ‘ए’ मा तथा छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) र म्याग्दी काली युनाइटेड पोल ‘बी’ मा रहेको छ ।
पुरुषतर्फको विजेताले २ हजार ६ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ६ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै महिलातर्फको विजेताले १ हजार ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ५ सय ५० अष्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला र पुरुष दुवैतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फको उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र लिवेरोले ट्रफी प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको सहकार्यमा हुन लागेको ढोरपाटन रनिङ कपलाई एएलडी कर्पाेरेट र केओईले मुख्य प्रायोजन तथा ग्लाेबल कन्सल्टलगायत विभिन्न कम्पनी तथा व्यक्तित्वहरुले प्रायाेजन गरेको छ । प्रवेश निशुल्क रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।