2 years ago
September 19, 2023
पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, ब्लकरमा गण्डकीकै कप्तान हरि पाण्डे तथा गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।
पुलिसका कुल बहादुर थापा सर्भर, अभिषेक थापा सेटर र भीम गाहा उत्कृष्ट लिवेरो चुनिए । व्यत्तिगत विधाका सबै उत्कृष्टले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
मंगलबार भएको फाइनलमा गण्डकीले पुलिसमाथि ३–२ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१९ ले जितेको गण्डकीले तेस्रो सेट २१–२५ ले गुमाउन पुग्यो ।
त्यसपछिको दुवै सेटमा सानदार प्रदर्शन गर्दै गण्डकीले खेल आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा एक समय २४–२१ ले अघि रहेको गण्डकीले लगातार अंक गुमाएपनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल २८–२६ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
निर्णायक तथा पाँचौ सेटमा पनि सानदार प्रदर्शन गरेको गण्डकीले एक समय ४–० को आरामदायी अग्रता लिएर १५–११ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
यसअघि सोमबार नै हुनुपर्ने फाइनल लाइट प्रोटेस्टका कारण हुन नसक्दा खेल मंगलबारको लागि तय भएको थियो । सोमबार दुवै टोलीले समान एक सेट जितेका थिए ।
गण्डकीले लिग चरणमा पनि पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकालेको थियो । यि दुई टोली गत वर्ष पनि फाइनलमा पुगेको थियो । तर, वर्षाका कारण खेल हुन नसकेपछि पुरस्कार दुवै टोलीलाई बाडिएको थियो ।
उपाधिसँगै गण्डकीले १ लाख ५० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको एपिएफले ७५ हजार प्राप्त गरेको छ ।
यसअघि चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले महिलातर्फ उपाधि जितिसकेको छ । पुलिस साविक विजेता तथा डायमण्ड उपविजेता नै हो ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) आयोजनामा शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुष र महिलातर्फका उत्कृष्टहरु
सर्वाेत्कृष्ट – रवि केसी (गण्डकी – पुरुष) र लक्ष्मी चन्द (पुलिस – महिला)
स्पाइकर – किरण गुरौं (गण्डकी– पुरुष) र सलिना बुढा मगर डायमण्ड–महिला)
ब्लकर – हरि पाण्डे (गण्डकी–पुरुष) र सुमित्रा रेग्मी (डायमण्ड–महिला)
सर्भर – कुल बहादुर थापा (पुलिस–पुरुष) र जेनिशा विश्वकर्मा (डायमण्ड–महिला)
सेटर – अभिषेक थापा (पुलिस–पुरुष), कमला पुन (पुलिस–महिला)
लिवेरो – भीम गाहा (पुलिस–पुरुष) र शान्तिकला तामाङ (पुलिस–महिला)
प्रशिक्षक – रमेश केसी (गण्डकी–पुरुष) र रुपेश विष्ट (पुलिस–महिलातर्फ)
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]
May 6, 2025
दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रिङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रिङ कोर्षको आयोजना गरेको हो । आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा […]