2 years ago
September 18, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् ।
लिग चरणको अन्तिम खेलमा पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकाल्दै गण्डकीले फाइनलमा स्थान पक्का गरेको हो । हारका बावजुत पनि पुलिस पिन फाइनलमा पुग्न सफल भएको छ ।
यि दुई टोली गत वर्ष पनि फाइनलमा पुगेको थियो । लगातारको वर्षाका कारण खेल हुन नसकेपछि पुरस्कार राशि बाँडेर प्रदान गरिएको थियो ।
इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको खेलको पहिलो र दोस्रो सेट गण्डकीले १५–२५ र २३–२५ ले गुमाएको थियो । त्यसपछिको तीनै सेट गण्डकीले आफ्नो पक्षमा पार्दै सानदार जित दर्ता गर्न सफल भयो ।
तेस्रो सेट २५–२२ र चौथो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पार्दै गण्डकी खेलमा फर्कियो । निर्णायक तथा पाँचौं सेटमा पनि गण्डकीले एकपक्षीय प्रदर्शन गर्दै १५–१० को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
यस जितसँगै गण्डकीले लिग चरणको चार खेलबाट ९ अंक बटुल्यो । समान चार खेलबाटै पुलिसले पनि ९ अंक नै जोड्यो । गण्डकीको जितसँगै एपिएफ र मणि मुकुन्द भलिबल क्लबको फाइनल पुग्ने सम्भावना सकिएको छ ।
सोमबार नै भएको अर्काे खेलमा एपिएफले मणि मुकुन्दलाई ३–१ को सेटमा पराजित गरेको छ । एपिएफले मणि मुकुन्दमाथि १७–२५, २५–२१, २५–२३ र ३४–३२ को जित निकालेको छ ।
फाइनल आज नै हुनेछ । मणि मुकुन्दले नखेल्ने भएपछि एपिएफ तेस्रो भएकाे छ। गल्कोट अंक विहीन हुँदै बाहिरिसकेको छ ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) आयोजनामा शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमको सहभागिता रहेको छ ।
महिला र पुरुषतर्फको विजेताले समान १ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]