default_image

1 year ago

September 8, 2023

प्रशिक्षक हान नेपाल आइपुगे

1266 views

0 Bookmark

काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका डच प्रशिक्षक हान एबिङ नेपाल आइपुगेका छन् । नेपाली पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन उनी शुक्रबार नेपाल आइपुगेका हुन् ।

उनलाई प्रशिक्षक जगदिश प्रसाद भट्ट र रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रशिक्षक एविङको प्रशिक्षणमा नेपालले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद र श्रीलंकामा आयोजना हुने पुरुष भलिबल च्यालेन्ज कप खेल्नेछ । प्रशिक्षक एविङले यसअघि पनि नेपाली पुरुष टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र विश्व भलिबल महासंघ –फिव) को सहयोगमा उनी नेपाली टोलीलाई प्रशिक्षण दिन नेपाल आईपुगेका हुन् ।

नेपाल भलिबल संघले चीनमा हुने एसियाडका लागि १२ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीलाई महिला टोलीका बेल्जियन प्रशिक्षक जान डे ब्रान्टले पनि प्रशिक्षण दिइरहेका छन् । यानलाई प्रशिक्षक जगदिश प्रसाद भट्ट र रुपेश विष्टले सहयोग गरिरहेका छन् ।

हानको प्रशिक्षणमा नेपालले दुईपटक सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप र १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलिसकेका छन् ।

समूह विभाजन

  • समूह ए : चीन, किर्गिस्तान, कजाकस्तान
  • समूह बी : इरान, नेपाल, बहराइन
  • समूह सी : दक्षिण कोरिया, भारत, कम्बोडिया
  • समूह डी : चाइनिज ताइपेइ, पाकिस्तान, मंगोलिया
  • समूह ई : कतार, थाइल्याण्ड, हङकङ चीन
  • समूह एफ : जापान, इन्डोनेसिया, फिलिपिन्स, अफगानिस्तान

नेपालले पछिल्लो दुई महिनादेखि एसियाली खेलकुदको लागि तयारी गरिरहेको छ । गत महिना नेपालले काभा नेसन्स लिगमा सहभागिता जनाएकाे थियाे । तर नेपालको लागि नतिजा भने सन्तोषजनक रहेन । नेपालले सबै खेलमा हार बेहोरेको थियो ।

एसियाली खेलकुदका लागि नेपालको अन्तिम टोली:

मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धिरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरि, सम्राट भण्डारी, विनोद चन्द, दुर्गा बहादुर खड्का, सफल विक र मनिष मानन्धर

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.