default_image

2 years ago

September 1, 2023

अन्तर विद्यालय टेबल टेनिस भोलिदेखि

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) को आयोजनामा अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता शुक्रबार हुने भएको छ ।

सेन्ट लरेन्स स्कुलको प्रायोजनमा हुने प्रतियोगितामा ब्वाइज र गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने रेफ्री संयोजक नवीन सिंहले जनाएका छन् ।

विभिन्न १० विद्यालयबाट ब्वाइज र गल्र्समा समान १०–१० खेलाडीको सहभागिता रहने सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले जानकारी गराए ।

ब्वाइज र गल्र्समा सहभागी खेलाडीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । एकदिने प्रतियोगिताका खेलहरु चावहिलस्थित सेन्ट लरेन्समा हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.