2 years ago
August 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरेको छ । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवंम कार्यकारी निर्देशक समेत रहेका वैद्य यसअघि संघको अध्यक्ष थिए ।
३३ सदस्यीय तदर्थ समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेको राखेपले जनाएको छ । कार्यकाल पूरा गरिसकेर निर्वाचन भएका संघमा राखेपले तदर्थ समिति गठन गर्दै आएको छ ।
संघको सदस्यमा धर्ममान वज्राचार्य, कुवेरप्रकाश सिंह, शंकर गौतम, विनोद शाक्य, अनिल घिमिरे, सञ्जय अर्याल, राजेनद्रबहादुर दुलाल, तेजेन्द्र महरा, जयन्त बाँस्तोला, शिवसुन्दर गोथे, इन्दिरा गुरुङ, नवीनबहादुर सिंह, पुरुषोत्तम वज्राचार्य, नवीन शाक्य, अनुज बानियाँ छन् ।
त्यस्तै अन्य सदस्यमा पूर्णशंकर श्रेष्ठ, ज्याकी महर्जन, अर्जुनकुमार कार्की, सुजिता मानन्धर, धिरज शाह, दीपक सापकोटा, निकेश श्रेष्ठ, प्रज्ज्वल मैनाली, कविन सुवाल, गोबद्र्धन श्रेष्ठ, ध्रुव पालिखे, सागर महर्जन, महेन्द्र लिगल, गेहेन्द्र ढकाल र डा. विजय सैजु छन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]