default_image

2 years ago

August 17, 2023

दक्षिण एसियाली ब्याडमिन्टन भोली सुरु हुने

566 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा दक्षिण एसियाली ब्याडमिन्टन च्याम्पियनसिप यू १५ र यू १७ शुक्रबार सुरु हुने भएको छ । ब्याडमिन्टन एसियाले पहिलो पटक यो च्याम्पियनसिप नेपाललाई आयोजना गर्ने मौका दिएको संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठका अनुसार यू १५ मा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धा हुने छन् । त्यस्तै यू १७ मा पनि गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्स डबल्स, व्याइज डबल्स र मिक्स डबल्स गरी ५ प्रतिस्पर्धा हुनेछ । यू १५ र यू १७ टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल १२ इभेन्ट हुनेछन् ।

आयोजक नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स गरी दक्षिण एसियाका ६ देशका उत्कृष्ट खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । हरेक देशबाट गल्र्स र ब्वाइजमा बढीमा ८÷८ खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा गल्र्स र ब्वाइजतर्फ समान २६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

शसस्त्र प्रहरी बलको हलचोस्थित एपिएफ क्लबको कभर्ड हलमा भदौ ५ गते सम्म हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । व्यक्तिगत स्पर्धामा आयोजकका नाताले नेपालले तीन खेलाडी एउटै स्पर्धामा सहभागि गराउन पाउनेछ भन्ने अन्य देशकाले एउटा स्पर्धामा २ खेलाडीसम्म प्रतिस्पर्धा गराउन पाउनेछ ।

अन्य देशका खेलाडीहरूले काठमाडौं आएर प्रशिक्षण सुरु गरिसकेको बताएको छ । च्याम्पियनसिप ओलम्पिक छात्रवृत्तिका लागि खेलाडी छनोटको आधार पनि भएको ब्याडमिन्टन एसियाले जनाएको अध्यक्ष श्रेष्ठले बताए ।

च्यापियनसिपकै दौरान दक्षिण एसियाली स्तरका विभन्न चार अन्य इभेन्ट्स पनि सञ्चालन हुने बताइएको छ । जसमा एसियन लिडर्स डेभलप्मेन्ट मिटिङ, साउथ एसिया उमन इन ब्याडमिन्टन वर्कसप, साउद एसिया रिजलन अपायर्स कोर्स र साउद एसियन जुनियर ट्रेनिङ क्याम्प रहेका छन् ।

च्याम्पियनसिप तथा कार्यक्रम सञ्चालनका लागि ब्याडमिन्टन एसियाबाट सिनियर डेभ्लोप्मेन्ट सिनियर म्यानेजरद्वय साम्बेनथान शिवापेरुमल र थानाबालान अरिकृष्णन र इभेन्ट म्यानेजर एनजी यनि मुन नेपाल आइसकेका छन् । ब्याडमिन्टन एसिया डेभ्लोप्मेन्ट कमिटिका अध्यक्ष वाजिद अली चौधरी पनि आउने बताइएको छ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.