2 years ago
August 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको फाइनलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
किङ्सले पहिलो सेट २५–२३ ले सहजै जित्दा दोस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछिको दुवै सेट किङ्सले २५–१७ र २५–२३ ले जित्न सफल भयो । शनिबार नै हुनुपर्ने फाइनल वर्षाका कारण स्थगित हुँदै सोमबार मात्रै हुन सफल भयो ।
उपाधिसँगै किङ्सले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पारेको छ । संयुक्त रुपमा तेस्रो भएको नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले ७२ हजार ७ सय रुपैया, कप र प्रमाणपत्र पाएको छ ।
व्यक्तिगत विधामा पनि च्याम्पियन बनेको किङ्स क्लबका खेलाडीले नै वर्चश्व जमाएको छ । किङ्सका कप्तान सन्जु विक्रमा शाह प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएको छ । उनले ८ हजार रुपैया र शिल्ड पाएको छ ।
किङ्सकै रेशम छन्त्याल उत्कृष्ट स्पाइकर, बलराम गुरुङ सेटर, मनोज श्रेष्ठ उत्कृष्ट ब्लकर र अमृत केसी उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । पुलिसका हरि थापा सर्भर, नारायण सिन्जाली लिवेरो र पुलिसकै पहल गहतराज उदियमान खेलाडी चुनिएका छन् । व्यक्तिगत विधाका सबै उत्कृष्टले समान ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विजयी टोली तथा खेलाडीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, आयोजक किङ्सका अध्यक्ष अञ्चल शाही लगायतले पुरस्कृत गरे । २३ साउनबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]