2 years ago
August 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबमाथि सोझो सेटमा जित निकाल्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको सेमिफाइनलमा एपिएफलाई २५–१८, २५–२२ र २६–२४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा विभागीय नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।
शुक्रबार नै हुनुपर्ने आयोजक किङ्स क्लब काठमाडौं र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो । सुरुवाती दुई सेट एपिएफले २८–२६ र २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा आयोजक किङ्स क्लबले १९–१८ ले अग्रता लिइरहँदा वर्षा भएपछि खेल हुन सकेन ।
फाइनल आईतबार बिहान ११ः३० बजे हुने आयोजक किङ्स क्लब काठमाडौंले जनाएको छ । एपीएफले तेस्रो स्थानका लागि आइतबार नै गण्डकी प्रदेशसँग खेल्नेछ ।
यस प्रतियोगितामा गत महिना किर्गिस्तानमा सम्पन्न काभा नेसन्स लिगमा सहभागी भएका राष्ट्रिय टोलीका १२ खेलाडी खेलेका छैनन् । प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ । तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाण्पत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालीहरुको मिनी ओलम्पिकको रूपमा चिनिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अस्ट्रेलियाको पश्चिम अस्ट्रेलिया राज्यको पर्थमा आजबाट सुरु भएको छ । छैटौं ओसियानिया नेपाली स्पोर्ट्स मिट पर्थमा ३ दिन (शुक्रबार, शनिबार र आइतबार) सम्म पर्थ मेट्रो एरियामा हुनेछ । यस खेल कुम्भमेलाका कारण अस्ट्रेलियाको पर्थ नेपालीमय भइसकेको छ । खेल महोत्सवमा […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]
April 15, 2025
एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो। नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा […]