2 years ago
August 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब समूह विजेता बन्दै दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गण्डकी समूह ‘ए’ को विजेता तथा एपिएफ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । दुवै टोली समूहमा अपराजित रह्यो । समूह ‘ए’ बाट आयोजक किङ्स क्लब काठमाडौं र समूह ‘बी’ बाट नेपाल पुलिस क्लब उपविजेता बनेको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकीले खोटाङ राष्ट्रिय युवा संघलाई २५–१७, २५–१५ र २५–१३ को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो । गण्डकीले तीन खेलबाट ८ अंक बटुल्यो ।
यस्तै बिहीबार नै भएको अर्काे खेलमा एपिएफले दोहोरो जित दर्ता गर्दै समूह विजेता बन्यो । बुधबार हुनुपर्ने खेल खराव प्रकाश (लाइट प्रोटेस्ट) कारण रोकिएपछि आज हुँदा एपिएफले पुलिसमाथि एपीएफले २५–१०, १५–२५, १५–२५, १८–२५ र १०–१५ को सेटमा पराजित गर्न सफल भयो ।
अर्काे खेलमा नेपाल गणतान्त्रिक महासंघलाई १६–२५, २५–१३, २१–२५, २५–१६ र १५–१० को सेटमा हरायो । यस जितले एपिएफले ३ खेलबाट ७ अंक जोड्यो ।
एपिएफसँगको खेलपछि पुलिसले कोशी प्रदेशलाई २५–२१, २५–१५ र २५–२० को सोझो सेटमा हरायो । पुलिससँग पराजित हुनुअघि कोशीले गणतान्त्रिक महासंघलाई २२–२५, २५–२३, १८–२५, २५–१८ र १५–१२ को सेटमा हराएर पहिलो जित दर्ता गर्न सफल भएको छ ।
यस्तै आयोजक किंग्स क्लब काठमाडौंले जीएम समाजलाई २५–२०, २५–१९ र २५–२० को सोझो सेटमा हराएर समूहमा दोस्रो जित निकालेको छ ।
अब सेमिफाइनलमा समूह ‘ए’ को विजेता गण्डकी र समूह बी को उपविजेता पुलिस तथा समूह बी को विजेता एपीएफ र समूह ए को उपविजेता किंग्स क्लबबीच हुनेछ । दुवै सेमिफाइनलमा शुक्रबार हुनेछ ।
यस प्रतियोगितामा गत महिना किर्गिस्तानमा सम्पन्न काभा नेसन्स लिगमा सहभागी भएका राष्ट्रिय टोलीका १२ खेलाडी खेलेका छैनन् ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।
तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाण्पत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]