default_image

2 years ago

August 8, 2023

राष्ट्रिय उमा कुङफु भदौमा

148 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ २२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए ।

सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ । सान्डा र प्यार्टनमा उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायकद्वय सिद्धार्थ लामा तामाङ र संजीतकुमार राई रहेका छन् । अन्य जजमा कमल मगर, रमेश महर्जन, भुपेन्द्र गुरुङ र मुन्नी सुवेदी लामा तामाङ छन् । श्याम डंगोल, मनोज विन्दुकार, सुदेन गुरुङ, सञ्जयराज पुटुवार, कुसुम तामाङ, सरिना घले, सुनिता श्रेष्ठ, पासाङ तामाङ, रविन पुटुवार, सिवान सुनुवार, निराजन मुक्तान, मनीष पुटुवार र श्रृषा खनालले रेफ्रीको भूमिका निर्वाह गर्ने छन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक नेपाल उमा कुङफु संघले शिवकुमार कुँवरलाई संयोजकको जिम्मेवारी दिएको छ । दुईदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको जंरंकुमा हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.