2 years ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा हुने पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको तयारी पूरा भएको छ ।
तियोगिता साउन २१ देखि २७ गतेसम्म हुँदैछ । यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता प्रदान गरिसकेको छ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत हुन लागेको हो ।
स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो । यस प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा प्रायोजक संस्थाबाट दुई लाख रुपियाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
पाँच विधा समावेश प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, ब्वाइज यु–१९, मास्टर खुल्ला पुरुष (५० तथा सो वर्षभन्दा माथि) र प्लेट च्याम्पियन्सिपमा प्रतिस्पर्धा हुनेछ । खेलहरु सातदोबाटोस्थित स्क्वास एकेडेमीमा हुनेछ ।
April 24, 2025
हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे। सन्तोष बस्नेतले […]
April 23, 2025
सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]
April 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]