2 years ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
साउन २३ बाट २७ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक किङ्स क्लब काठमाडौंले जनाएको छ । २० साउनसम्म दर्ता समयको अवधि रहेपनि प्रतियोगितामा ८ टोलीको सहभागिता रहने पक्का भएको क्लबका महासचिव लक्ष्मण काप्रीले जानकारी गराए । २२ साउनमा खेल तालिका सार्वजनिक गरिने छ ।
नेपाल भलिबल संघले स्वीकृति प्रदान गरिसकेको प्रतियोगिताको अनुमानित बजेट १७ लाख रुपैया रहेको र पुरस्कारमा मात्रै ४ लाख रुपैया रहेका रहेको क्लबका अध्यक्ष अञ्चल शाही ठकुरीले जानकारी गराए ।
यस प्रतियोगितामा गत महिना किर्गिस्तानमा सम्पन्न काभा नेसन्स लिगमा सहभागी भएका राष्ट्रिय टोलीका १२ खेलाडीले भने खेल्न पाउने छैन ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।
तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाण्पत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।
प्रतियोगिताका सबै खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।